हावाहुरीले रुख ढलेर बस र अटाे किच्दा ३ काे मृत्यु ५ घाइते

हावाहुरीले रुख ढलेर बस र अटाे किच्दा ३ काे मृत्यु ५ घाइते


  • 7.9K
    SHARES
    • जेठ ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    हावाहुरीले रुख ढलेर बस र अटाे किच्दा ३ काे मृत्यु ५ घाइते

     काठमाडाैं,६ जेठ । हावाहुरीले रुख ढल्दा  कैलालीमा बस र चितवनको भरतपुरमा अटो किचिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले भरतपुर–११ स्थित भोजाडमा रुख ढलेर अटोलाई किच्दा ३ जनाको मृत्यु भएको जानकारी दिए । 

    images

    280944908_589795715511352_7493059121913498322_n_11T5fNslPO.jpg

    यसैगरी कैलालीको लम्किचुहा–८ स्थित गप्कामा हावाहुरीपछि रुख ढल्दा बस किचिएको छ । गुडिरहेको  से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायातको बस रुख बज्रिन पुगेको थियो ।  सो घटनामा ५ जना यात्रु घाइते भएका छन् भने उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले बताएको छ । यसैबीच आजै चितवनको नारायण पुल नजिक पनि हावाहुरीले ट्रक पल्टिदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ देशका विभिन्न स्थानमा एकाएक तीव्र हावाहुरीसहित वर्षा भएको थियो । 

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप