सौन्दर्य प्रतियोगिताको नाममा भएकाे बलात्कारविरूद्ध माइतीघर मण्डलमा युवाहरूकाे प्रदर्शन

सौन्दर्य प्रतियोगिताको नाममा भएकाे बलात्कारविरूद्ध माइतीघर मण्डलमा युवाहरूकाे प्रदर्शन


  • 10.6K
    SHARES
    • जेठ ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 16.3K Views

    सौन्दर्य प्रतियोगिताको नाममा भएकाे बलात्कारविरूद्ध  माइतीघर मण्डलमा युवाहरूकाे प्रदर्शन

    काठमाडाैं,७ जेठ । काठमाडौंको माइतीघर मण्डलमा बलात्कारविरूद्ध युवाहरूले प्रदर्शन गरेका छन्। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्।

    images

    भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन्।  प्रदर्शनकारीहरूले महिला शरीरको वस्तुकरण बन्द गर, इनअफ इज इनअफ वि विल नट टोलोरेट एनिमोर, पुँजीवादी पृत्तिसत्ता मुर्दावादलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। 

    यसअघि शुक्रबार युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेका थिए। उक्त घटनाबारे छानबिन गर्न शुक्रबार नै समिति गठन भएको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन भएको हो। गृह मन्त्रालयको निर्देशनपछि शुक्रबार प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको हो। 

    माइतीघर मण्डलमा भएकाे प्रदर्शनकाे केही प्रतिनिधिमुलक तस्वीरहरू : चिरण भण्डारी 

     

    282057525_1928290794039119_847685475080046863_n.jpg

    282144128_1269990640198514_7213524314219367520_n.jpg

    282192633_703957350835563_5277014809045508585_n.jpg

    281897948_981005309230251_2514948029905495317_n.jpg

    283377261_546430923496731_6730233659519244840_n.jpg

    281138072_738840133938930_3967075313941315799_n.jpg

    281091329_725843548600993_6391775163127167758_n.jpg

    281295783_548110213549094_2238091815537155982_n.jpg

    281287546_715501673049298_3309648908855258332_n.jpg

    281923337_3234799083399841_8361283621662771299_n.jpg

    281897948_981005309230251_2514948029905495317_n.jpg

    280937557_1904926549895407_3345276078912451257_n.jpg


    तेस्रो आँखा
    लेखकबाट थप