बझाङ, ८ जेठ । कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा रहेको कालशैनी भैरव मन्दिरको घण्टी चोरी भएको छ । शुक्रबार राती लालपुरको कालशैनी मन्दिरमा चढाइएको घण्टी चोरी भएको हो ।
उक्त घण्टी ७० साल तिर मन्दिरमा राखिएको जनाइएको छ । पुर्खेउली डोटी जिल्लाको बाजर्खकानी अर्थात हालको आर्दश गाउँपालिकाबाट बसाइँसराइ गरी तराई झरेको र आफ्नो कुल देवताको पुजाआजा गर्नका निम्ती उक्त मन्दिरको स्थापना गरिएको त्यहाँका स्थानीय हर्क खड्काले बताए । मन्दिर निमार्ण समिति गठन भई बिगत १२ बर्ष देखी मन्दिरमा पुजाआजा हुँदै आएको थियोा ।
मन्दिरमा राखिएको घण्टी चोरी हुँदा आफ्नो आस्था प्रति ठेस पुगेको खड्काले दुखेसो गरे । ६७ सालमा काल भैरव मन्दिरको स्थापना भई ७० साल देखि घण्टी राख्न थालिएको बताइएको छ । चन्दा संकलन गरेर उक्त ५० केजीको घण्टी चढाईएको त्यहाँका अर्का स्थानीय तेज खड्काले जानकारी दिए। उनका अनुसार समय समयमा वडाबाट सहयोग मागेर मन्दिरको ब्यबस्थापन गर्ने गरिएको थियो ।
शितल स्नेही
