बार पदाधिकारीलाई अध्यक्ष दाहालले भनेः न्यायालय सुधारकालागि मिलेर अघि बढौं

बार पदाधिकारीलाई अध्यक्ष दाहालले भनेः न्यायालय सुधारकालागि मिलेर अघि बढौं


  • 6.9K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    बार पदाधिकारीलाई अध्यक्ष दाहालले भनेः न्यायालय सुधारकालागि मिलेर अघि बढौं

    काठमाडौं, १५ मंसिर । नेपाल बार एशोसियसनका पदाधिकारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको वहिर्गमनको माग गर्दै करिब दुई महिना देखि आन्दोलनरत बारले अध्यक्षलाई न्यायालयमा जारी धर्नाको विषयमा अवगत गराएको थियो ।

    images

    पुर्वप्रधानमन्त्री तथा संसदिय दलका नेता अध्यक्ष दाहाललाई न्यायालयमा देखिएको असहज अवस्थाको विषयमा गम्भीर हुन आग्रह गरेको बारका महासचिव लीलामणी पौडेलले बताउनुभयो । बारले अध्यक्ष दाहाललाई राजनीतिक दलहरूले लिनु पर्ने पहलका बारेमा ध्यानाकर्षण गराएको थियो । भेटमा अध्यक्ष दाहालले आफुहरु अदालतको स्वच्छता, निष्पक्षता र स्वतन्त्रताबारे सधैं सजग र सचेत रहेकाले गठबन्धनमा छलफलगरि समस्याको समाधान खोजिने बताउनुभएको थियो ।

    अध्यक्ष दाहालले यथासिघ्र समस्या समाधान गर्न सम्बन्धित जिम्मेवार पक्षलाई अपिल पनि गरेको र आजसम्म समाधान नभएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले गठबन्धन र दलहरूबिच छलफल गरि अघि बढ्ने बताउनुभएको थियो । बारले यसअघि विभिन्न दलका नेताहरुलाई ज्ञापनपत्र बुझाइसकेको   छ । भने केहिदिनमा प्रमुख दलका केन्द्रीय सदस्य, संघीय सांसदहरु र न्यायाक्षेत्रका जानकारसंग छलफल गर्ने तयारी गरेको छ । 

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा