काठमाडाैं,८ जेठ । पछिल्लो समयमा सामाजिक सञ्जालमा पुराना यौन हिंसाका घटनाहरु बाहिरिन थालेका छन् । गएको बुधबार एक युवतिले सात वर्ष पलिा आफूमाथि बलात्कार भएको घटनालाई बाहिर ल्याएकी थिइन् । उक्त घटना बाहिरिएपछि सदन देखि सडक सम्म हंगामा मच्चीएको छ ।
घटनाका आरोपीत मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । यो घटना साम्य भइनसक्दै फेरि अर्की युवतिले ७२ ७३ आसपासमा आफूमाथि यौन हिंसा भएको भन्दै घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलकी ति छात्राले आफू स्कुलमा पढ्दा तत्कालीन प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गरेको बताएकी छिन् ।
सात वर्ष अगाडिको घटना शनिबार मात्रै सार्वजनिक गरेको उक्त सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् । १५ वर्षको उमेरमा आफूलाई बलात्कार गरेको उनको बयान छ ।ति छात्राका नुसार खड्रकाले भिडियो बनाएर ब्ल्याकमेल गरेर दुई वर्ष सम्म बलात्कार गरेको थियो । उनले आफूले साथीहरुलाई सुनाउँदा पनि साथीहरुले घटनाको बारेमा विश्वास नगरेको उल्लेख गरेकी छिन् ।
प्रहरीलाई जानकारी गराउँदा पनि खड्का फरार भएको भन्दै प्रहरीले बेवास्ता गरेको उनले गुनासो गरेकी छिन् । उनले बलात्कारकाे आराेप लगाउँदै सामाजिक सञ्जाल मार्फत राज खड्का नाम गरेका व्यक्तिकाे तस्वीर समेत सार्वजनिक गरेकी छन् । रेजिना नामकाे आइडीबाट उनले विगत सात वर्ष अघिकाे घटनाकाे विष्तृत विवरण सार्वजनिक गरेकी हुन् ।
यस्ताे छ उनले रेजिना नाम गरेकाे आइडीबाट पाेष्ट गरेकाे विवरण जस्ताकाे तस्तै :


