एमालेका जनप्रतिनिधिले बहिष्कार गरे बनेपामा शपथ ग्रहण कार्यक्रम

एमालेका जनप्रतिनिधिले बहिष्कार गरे बनेपामा शपथ ग्रहण कार्यक्रम


  • 8.3K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    एमालेका जनप्रतिनिधिले बहिष्कार गरे बनेपामा शपथ ग्रहण कार्यक्रम

    काठमाडौं ,८ जेठ । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

    images

    शपथ ग्रहण कार्यक्रम आफूहरूसँग सल्लाह नगरी गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिइन् । १४ वडा रहेको बनेपामा कांग्रेसले प्रमुख सहित ६ वडा अध्यक्ष सहित २९, एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन्। एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित छन् ।

    नगरप्रमुखमा निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिएका छन् । शाक्यले निर्वाचित जनप्रतिनिधिहरूलाई शपथ खुवाएका छन् ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप