पार्टीको हितका लागि नेतृत्वकाे दाबी छाडेकाे पशुपतिशमशेर जबराकाे भनाइ

पार्टीको हितका लागि नेतृत्वकाे दाबी छाडेकाे पशुपतिशमशेर जबराकाे भनाइ


  • 6.5K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    पार्टीको हितका लागि नेतृत्वकाे दाबी छाडेकाे पशुपतिशमशेर जबराकाे भनाइ

    काठमाडौं, १५ मंसिर । राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिनु भएकाे छ ।  

    images

    काठमाडौंमा बुधवारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले पार्टीको हितका लागि फिर्ता लिएको जानकारी दिनुभयाे ।  

    तर, आफूले नेतृत्वको दाबी छाडेकोमा केहीले चित्त दुखाएको र जिताउने विश्वास दिलाएकाे भन्दै उहाँले सो विचारलाई आफूले धन्यवाद समेत दिनुभयाे ।

    ‘लामो समय हामीले पार्टीको नेतृत्व लियौँ । अहिले आएर मेरो विजय ठूलो हो या पार्टीको भन्ने सोचेँ’, उहाँले भन्नुभयाे, ‘८० वर्षको उमेरमा नेतृत्व लिँदा पार्टी फुट्यो भने त्यसले राम्रो गर्दैन । मैले पार्टीको भविष्यलाई सोचेर अध्यक्षको दाबीबाट पछि हटेको हुँ ।’ 

    राप्रपाको एकताका लागि यो महाधिवेशन कोशेढुङ्गा सावित हुनुपर्नेमा जोड दिएका उनले सबै नेता  कार्यकर्ताप्रति पनि आह्वान गर्नुभयाे । 

    नेतृत्वमा नभए पनि राप्रपा, यसका कार्यकर्ता र देश तथा जनताका लागि आफू सधैँ क्रियाशील भएर लाग्ने उहाँकाे भनाइ छ ।अध्यक्षका उम्मेदवारद्वय कमल थापा र राजेन्द्र लिङ्देनलाई सहमतिमा नेतृत्व चयन गर्न पनि उहाँले सुझाव दिनुभयाे ।  

     

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # पशुपति शमशेर जबरा

  • तेस्रो आँखा