विबाहको तीन दिन अगाडि बाबु छोराको हत्या

विबाहको तीन दिन अगाडि बाबु छोराको हत्या


  • 8.5K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    विबाहको तीन दिन अगाडि बाबु छोराको हत्या

    काठमाडाैं,८जेठ। सिराहामा विबाहको तीन दिन अगाडि बाबु छोराको हत्या भएको छ। 
    अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरस्थित घरमा आइतबार बिहान करिब ३ बजे बाबु(छोराको हत्या भएको हो।
    उनीहरूको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। 

    images

    घरमा ६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमारको हत्या भएको उनले बताए। 
    प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार सन्तकुमारको जेठ ११ गते विवाह हुन लागेको थियो। तर उनको विवाह हुन नपाउँदै हत्या गरिएको अवस्थामा शव फेला परेको हो। 

    धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ,’ उनले भने,‘शरीरका विभिन्न भागमा प्रहार भएको छ।’
    प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। तालिमप्राप्त कुकुर सहितको टोली घटनास्थलमा पुगेको छ।


    तेस्रो आँखा
    लेखकबाट थप