• ट्रेण्डिङ्ग :
व्यासको प्रमुख र उपप्रमुखमा कांग्रेस अग्रस्थानमा

व्यासको प्रमुख र उपप्रमुखमा कांग्रेस अग्रस्थानमा


  • 6.6K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    व्यासको प्रमुख र उपप्रमुखमा कांग्रेस अग्रस्थानमा

    काठमाडौं,८ जेठ । तनहुँकाे व्यास नगरपालिकामा बुधबार साँझदेखि थालेको मतगणना हालसम्म जारी रहेको छ । कूल खसेको तीस हजार २४७ मतमध्ये चौबीस हजार १८७ मतगणना कार्य सम्पन्न भएको छ ।

    images

    शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । आज बिहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले नौ हजार ८२२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले नौ हजार ६०६ मत पाएका छन्। कांग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ । 

    त्यसैगरी उपप्रमुखमा कांग्रेसका इन्दिरा दरैले दश हजार ९१३ र एमालेकी बसुन्धरा घर्ती आठ हजार ३०७ मत पाएकी छिन् । दरै दुई हजार ६०६ मतले अग्रस्थानमा छिन् । व्यासमा चौध वडा रहेका छन् । अब कूल छ हजार ६० मतगणना गर्न बाँकी छ । सोमबार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # तनहुँ

  • तेस्रो आँखा
    लेखकबाट थप