काठमाडौं, ८ जेठ । प्रसिद्ध वन्यजन्तु फोटोग्राफर सागर गिरीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ । पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत यौन हिंसा भएको सार्वजनिक भइरहेको छ ।
दुई दिन अघि सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत् एक युवतीले गिरीले उनलाई यौन दुर्व्यवहारको गरेको कुरा सार्वजनिक गरेकी हुन् । गिरीले मानसिक दबाब र यातना दिदैँ यौन दुर्व्यवहार गरेको कुरा उक्त पोस्टमा उल्लेख छ । उनीसँगै अरु चार बालिकाहरूलाई पनि गिरीले यौन दुर्ब्यवहार गरेको उक्त पोष्टमा उल्लेख गरिएको छ ।

