बन्दुकसहित पर्सागढीबाट २७ वर्षीय युवक पक्राउ

बन्दुकसहित पर्सागढीबाट २७ वर्षीय युवक पक्राउ


  • 5.3K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    बन्दुकसहित पर्सागढीबाट २७ वर्षीय युवक पक्राउ

    काठमाडौं,८ जेठ । प्रहरीले पर्साको पर्सागढी नगरपालिका(९ बडेर्वाबाट अवैध एकनाले बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बडेर्वाकै २७ वर्षीय शिवु माझी मुसहर रहेका छन् । १२ बोरको एकनाले घरेलु बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।

    images

    शनिबार साँझ शिवुलाई एक नाले भरुवा बन्दुक बोकेर बडेर्वाबाट तेलियाटोलतर्फ जाँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले ईलाका प्रहरी कार्यालय एक टाँगा र अस्थायी प्रहरी पोष्ट मनवाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
    तेलिया टोल जाने सडकखण्डमा खटिएको प्रहरी टोलीलाई देख्ने वित्तिकै शिवु भागेका थिए । लखेटेर उनलाई बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका उनीविरुद्ध हात हतियार तथा खरखजना सम्बन्धी कसूरमा हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओेम प्रकाश खनालले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप