• ट्रेण्डिङ्ग :
पेट्रोल, डिजेल र मट्टितेल पूनः प्रतिलिटर १० रुपैयाँका दरले बृद्दी

पेट्रोल, डिजेल र मट्टितेल पूनः प्रतिलिटर १० रुपैयाँका दरले बृद्दी


  • 9.1K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    पेट्रोल, डिजेल र मट्टितेल पूनः  प्रतिलिटर १० रुपैयाँका दरले बृद्दी

    काठमाडाैं,८ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

    images

    निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ । यस्तै निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।  

    यस्तै हवाई इन्धन ९अन्तरिकतर्फ० को १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।​ निगममा अनुसार अन्तराष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिवेलमा ३ अर्ब ४० करोढ र एलपी ग्यासमा ३ अर्ब घाटा हुने छ ।​


    तेस्रो आँखा
    लेखकबाट थप