विजय उत्सव मनाउन सार्वजनिक बिदा

विजय उत्सव मनाउन सार्वजनिक बिदा


  • 8.3K
    SHARES
    • जेठ ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    विजय उत्सव मनाउन सार्वजनिक बिदा

    काठमाडाैं,  जेठ । सप्तरीको रुपनी गाउँपालिकाले नवनिर्वाचित पदाधिकारीहरुको विजय उत्सवको लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    images

    जेठ नौ गते गाउँपालिकाले निकालेको विज्ञप्तिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशअनुसार सार्वजनिक विदा दिएको उल्लेख छ । विज्ञप्तिमा सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थाहरु लगायत सम्पूर्ण कार्यालयहरु जेठ नौ  गतेका लागि सार्वजनिक विदा दिएको व्याहोरा उल्लेख छ । 

    स्थानीय स्तरको विकास र सेवाको लागि चुनिएका प्रतिनिधिले यसरी विजय उत्सवको लागि आफूखुसी सार्वजनिक विदा दिने कार्य गलत भएको जानकारहरु बताउँछन् । 

    282164595_544391823794540_5971522608106880324_n.jpg

     

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप