नेपाली कांग्रेस प्रदेश २ अधिवेशनको उद्घाटनसत्र भोलि, केही जिल्लामा विवाद कायमै

नेपाली कांग्रेस प्रदेश २ अधिवेशनको उद्घाटनसत्र भोलि, केही जिल्लामा विवाद कायमै


  • 5.7K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    नेपाली कांग्रेस प्रदेश २ अधिवेशनको उद्घाटनसत्र भोलि, केही जिल्लामा विवाद कायमै

    महोत्तरी, १५ मंसिर । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन उद्घाटन सत्र बिहीवार हुँदैछ । जिल्लामा वडा, पालिका र  क्षेत्रीय अधिवेशनमा अझै विवाद भएता पनि नेपाली कांग्रेस प्रदेश २ ले अधिवेशन बिहीवारलाई तोकेको हो ।

    images

    अधिवेशनमा सभापतिका लागी  राम सरोज यादव, महेन्द्र राय यादव र कृष्ण यादव गरी अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन् ।

    तीन जना आकांक्षी मध्ये रामसरोज यादव र कृष्ण यादव विमेलेन्द्र निधी निकट मानिन्छन् भने महेन्द्र राय यादव भने संस्थापन पक्ष निकट हुन् ।

    प्रदेश २ मा विमलेन्द्र निधी प्यानलकै बढी वर्चस्व भएको हुँदा निधी प्यानलले नै जित हासिल गर्न सक्ने कतिपय नेताहरूको आकलन छ । तर, जिल्लाबाट प्रत्येक उम्मेदवारलाई सहानुभूति भोट जाने हुँदा प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।

    आकांक्षीको संख्या बढी र गुट, उपगुटका कारण पार्टीको वडास्तरमा समेत अधिवेशन हुन सकेको छैन । जिल्ला नेतृत्वले भने अत्यन्त विवाद भएका ठाउँमा अहिले त्यतिकै छोड्ने र केन्द्रीय महाअधिवेशनपछि मात्र टुंग्याउने निर्णयमा पुगेको  बताएका छन् ।

    महोत्तरीको मनरासिस्वा नगरपालिका-८ मा चरम विवादका कारण अझै अधिवेशन हुन सकेको छैन । आकांक्षीमा व्यापक मतभेदका कारण अधिवेशनको बन्दसत्रमा हात हालाहाल नै भएको नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले बताउनुभयाे। 

    यही वडाको विवादका कारण क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन पनि अन्योलमा परेको छ । सकेसम्म विवाद मिलाउने नत्र वडा अधिवेशनलाई थाती राखेर अगाडि बढ्ने नेपाली कांग्रेस महोत्तरीले तयारी गरेको छ ।

    `अब वडाका साथीहरूका कारण क्षेत्रीय र केन्द्रीय प्रतिनिधि चयन हुनबाट वञ्चित बनेका छन् त्यस्को जिम्मेवार वडाले लिनुपर्छ,' नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले भन्नुभयाे ।

    क्षेत्र नम्बर ३ मा विवादका कारण वडा र क्षेत्रीय पदाधिकारी चयन गर्न सकस बनिरहेको बेला महाधिवेशन प्रदेश प्रतिनिधि भने चयन भैसकेका छन् ।

    त्यसैगरी जिल्लाको बल्वा नगरपालिकामा पनि विवादका कारण अझै पालिका अधिवेशन सम्पन्न हुन सकेको छैन । बल्वा र मनरासिस्वा नगरपालिका गरी २ वटा पालिका र एउटा वडामा अधिवेशन हुन नसकेको हो ।

    यता क्षेत्र नम्बर २ र ४ मा सर्वसम्मत अधिवेशन सम्पन्न भएको छ भने क्षेत्र नम्बर १ मा निर्वाचन नै भएको थियो । क्षेत्र नम्बर ३ मा आज उदघाटनसत्र रहेको नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए । यदि क्षेत्रीय अधिवेशन सम्पन्न भए मनरासिस्वा-८ को वडा कमिटी भने क्षेत्रीय अधिवेशनमा भाग लिन पाउने छैनन् ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस अधिवेशन

  • तेस्रो आँखा