काठमाडौं,९जेठ । स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजक रहेको नेपाली कांग्रेसले बताएको छ। सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘समग्रमा निर्वाचन परिणाम सन्तोषजनक रुपमा लिएका छौं।
धेरै ठूलो सफलता हासिल गरेका छौं। ’सत्तारुढ गठबन्धनका सहयोगी दलहरुले पनि उल्लेख्य सफलता पाएको देखिएको कांग्रेसले बताएको छ ।
