५ बर्षे कार्यकालमा उल्लेख्य उपलब्धी हासिल गरेको निवर्तमान अध्यक्ष चौधरीको दाबी

५ बर्षे कार्यकालमा उल्लेख्य उपलब्धी हासिल गरेको निवर्तमान अध्यक्ष चौधरीको दाबी


  • 7.6K
    SHARES
    • जेठ ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    ५ बर्षे कार्यकालमा उल्लेख्य उपलब्धी हासिल गरेको निवर्तमान अध्यक्ष चौधरीको दाबी

    कैलाली, ९ जेठ । कैलालीको गोदावरी नगरपालिका वडा नं ९ का  निवर्तमान वडा अध्यक्ष लाहानु चौधरीले आफ्नो ५ बर्षे कार्यकालको अन्तरालमा बिभिन्न उपलब्धीहरु हासिल गरेको दाबी गरेका छन् । चौधरीले  आफ्नो ५ बर्षे कार्यकालमा भौतीक पुर्वाधार, सडक, स्वास्थ, शिक्षा खानेपानि लगायतका क्षेत्रमा उल्लेखनीय प्रगती भएको दाबी गरेका हुन् । 

    images

    चौधरीका अनुसार भौतीक पुर्वाधार अन्तर्गत वडा कार्यालय, दुई तले भवन, सडक कालो पत्रे, बिद्ययालयको पार्खाल निमार्ण, र स्वास्थ्य क्षेत्रमा बल्मीको शहरी स्वास्थ्य केन्द्र लगायत बिकासका काकको थालनी भएको बताए । सेहेरी स्वास्थ्य चौकीमा ल्याब संचालनमा ल्याउनुका साथै बर्थिङ सेन्टर संचालनका लागि  आवश्यक उपकरण तयार भैसकेको जानकारी दिए । खुटीया, बल्मी, धनचौरी, मुरकुट्टी, सेहेरी लगायत थुप्रै क्षेत्रमा तटबन्धनको ब्यबस्था गर्नुका साथै ९ वटा नयाँ कल्भटहरु राखिएको  र ५ वटा पुराना कल्भट  समेत मर्मत गरिएको चौधरीले  बताए ।

    पर्यटन क्षेत्रको बिकासका लागि मन्दिर निमार्ण गर्नुका साथै आफ्नो ५ बर्षे कार्यकाल भित्र सिँचाई क्षेत्रको बिकासका निम्ती १ सय वटा  सिचाई  मोटर, पम्प सेट र आवश्यक आधुनिक सामाग्रीहरु बितरण गरेको पनि उनले जानकारी दिए । सामाजिक बिकास तर्फ बालकल्ब, नागरिक समाज, दलित, एकल महिलाका क्षेत्रमा उल्लेख्य काम गरेको बताए । उनले छाडा पशुचौपाया नियन्त्रण र आम नागरिकहरुमा बिजुलीको पहुँच पुर्‍याउन समेत सफल भएको उनको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # कैलाली

  • शितल स्नेही
    लेखकबाट थप