काठमाडौं,१० जेठ। चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छन् ।
पछिल्लो मतपरिणाम अनुसार उनले ५१ हजार ११२ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका विजय सुवेदीले ३८ हजार ९७२ मतसहित रेणुलाई पछ्याइरहेका छन्। उनीहरूबीच १२ हजार १४० मतान्तर छ ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७०५ मत पाएका छन्। उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५१ हजार ९०३ मत पाएका छन् । उनलाई राप्रपाकी हिमला गुरूङले ३० हजार ३२६ मतसहित पछ्याइरहेकी छन् । भरतपुरमा सत्तागठबन्धनले चुनावी तालमेल गर्दा एमाले र राप्रपाको पनि तालमेल छ ।
