काठमाडौं,१० जेठ । पोखरा महानगरपालिकाको मतगणना जारी छ। जारी मतगणनामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन्। अहिलेसम्म एक लाख ३४ हजार ३५१ मतगणना भएको छ ।
जसमा आचार्यले ५४ हजार ६७८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४९ हजार ७८६ मत पाएका छन् । आचार्य थापाभन्दा ४ हजार ८९२ मतले अगाडि छन् । यस्तै,उपमेयरतर्फ नेकपा एमालेकी मञ्जुदेवी गुरुङको अग्रता कायमै छ।
उनले ५६ हजार ९६६ मत पाएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५२ हजार ९५९ मत पाएकी छन्।
