मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमाले विजयी

मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमाले विजयी


  • 6.9K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    मेचीनगर  नगरपालिकाको  प्रमुख पदमा एमाले विजयी

    काठमाडौँ, १०  जेठ ।  मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् ।उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका हुन । 

    images

    यसैगरी  उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरेका छन् ।  नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ ।

    जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । ती मध्ये  सात पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने  कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप