• ट्रेण्डिङ्ग :
तनहुँका पालिका प्रमुखमा महिला शून्य

तनहुँका पालिका प्रमुखमा महिला शून्य


  • 6.2K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    तनहुँका पालिका प्रमुखमा महिला शून्य

    काठमाडौँ,१० जेठ । तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर  जिल्लाको एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भएकी छन् ।

    images

    नेपाली कांग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यसपटक नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भएकी हुन् । दश पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी दिएकी थिइन् । 
    पालिकाको उपप्रमुख–उपाध्यक्षमा भने सात महिला निर्वाचित भएका छन् । काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा पुरुष विजयी भएका छन् । 

    घिरिङ, ऋषिङ, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा क्रमशः राधादेवी अधिकारी, गिनुमाया थापा, पञ्चमाया गुरुङ र दुर्गा अर्याल निर्वाचित भएका हुन्।
    यसैगरी भिमाद, भानु र व्यासनगरपालिकाको उपप्रमुखमा क्रमशः शारदा खनाल, उमा गोतामे, इन्दिरा दरैलेले विजय हासिल गरेका छन् । 
    यस स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा दुई महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । 
    भानु –१ को वडाध्यक्षमा कांग्रेसबाट कान्छीमाया तामाङ निर्वाचित भएकी छिन् भने आँबुखैरेनी–४ मा कांग्रेस बाटै मिलन भुजेल 
    विजयी भएकि छिन् । 


    तेस्रो आँखा
    लेखकबाट थप