• ट्रेण्डिङ्ग :
वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित


  • 5.5K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित

    काठमाडौँ,१० जेठ। वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  प्रमुख पदमा जनता समाजवादी पार्टी जसपाका राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी  विजयी भएका छन्।

    images

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा  उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका छन्।आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह  मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन्।

    यसैगरी उपप्रमुख पदमा  गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम कूल २५ हजार १५८ मतसहित विजयी हुनुभएको छ भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका  पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गरेका छन् ।

    निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाका बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई  उम्मेदवार बनाइएको थियो 


    तेस्रो आँखा
    लेखकबाट थप