• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको राष्ट्रपति भण्डारीको भनाइ

स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको राष्ट्रपति भण्डारीको भनाइ


  • 5.8K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको राष्ट्रपति भण्डारीको भनाइ

    काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताएकी छिन् ।

    images

    संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नुअघि राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको उल्लेख गरिन् ।

    ‘अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा मतदान हुन नसकेको वडामा समेत यसपटक मतदान भएको छ । निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा भएको निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ’, राष्ट्रपति भण्डारीले भनिन् ।

    संविधानले तोकेको समयमै स्थानीय निर्वाचन सम्पन्न हुनुले दिगो शान्ति, विकास र सुशासन प्राप्तिका लागि बलियो आधार बनेको समेत राष्ट्रपति भण्डारीको भनाइ छ ।


    तेस्रो आँखा
    लेखकबाट थप