• ट्रेण्डिङ्ग :
तनहुँ व्यासमा पुनः मतगणना गर्न स्वतन्त्र उमेद्वार दीपकराज जाेशीकाे माग

तनहुँ व्यासमा पुनः मतगणना गर्न स्वतन्त्र उमेद्वार दीपकराज जाेशीकाे माग


  • 8.9K
    SHARES
    • जेठ ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    तनहुँ व्यासमा पुनः मतगणना गर्न स्वतन्त्र उमेद्वार दीपकराज जाेशीकाे माग

    काठमाडौ,११ जेठ । तनहुँकाे व्यास नगरपालिकाको मेयरमा पराजय भएका स्वतन्त्र उम्मेद्वार दीपकराज जोशीले पुनः मतगणनाकाे माग गरेका छन् ।
    बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन आयोगमा पुनः मतगणनाको लागि माग गरेका हुन् ।
    उनले मतगणना निष्पक्ष रुपमा र आयोगले भने अनुसार नभएको आरोप लगाउँदै पुनः मतगणनाको हुनुपर्ने बताए ।

    images

    वडा न १ देखि ८ सम्म जितेको परिमाणमा सुनाइएको र वडा न ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको उनको आरोप छ ।एमालेको सहयोगमा नगरको मेयरको उम्मेदवार बनेका जोशी कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका थिए ।

    कांग्रेससँग असन्तुष्ट बनेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो राजनीतिक विरासत फर्काउन एमालेलाई साथमा लिएर छोरा दीपकलाई मेयरको उम्मेदवार बनाएका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप