• ट्रेण्डिङ्ग :
मतगणना नसकिँदै काठमाडौं महानगरकाे मेयरमा बालेन्द्र शाह विजयी

मतगणना नसकिँदै काठमाडौं महानगरकाे मेयरमा बालेन्द्र शाह विजयी


  • 9.6K
    SHARES
    • जेठ ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    मतगणना नसकिँदै काठमाडौं महानगरकाे मेयरमा बालेन्द्र शाह विजयी

    काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी भएका छन् ।

    images

    मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।

    साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ ।  काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै साह विजयी भएका हुन् ।  यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप