• ट्रेण्डिङ्ग :
गरुडा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

गरुडा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी


  • 6.1K
    SHARES
    • जेठ १२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    गरुडा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

    काठमाडौ, १२ जेठ । रौतहटको गरुडा नगरपालिकामा एमाले विजयी भएको छ ।
    नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार निर्वाचित भएका छन् ।

    images

    कलवारले ४५६५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका बृज किशोर प्रसाद यादवले ४५२६ मत पाए । तेस्रो भएका जनता समाजवादीका अनिलकुमार यादवले ३३५१ र चौथो भएका माओवादीका सुरेन्द्रकुमार जयसवालले ३२२५ मत पाएका छन् । यस्तै, लोकतान्त्रिक समाजवादीका दिपक यादवले १०६३ मत पाए ।

    उपमेयरमा भने  कांग्रेसकी पुनमकुमारी चौधरी ६७०३ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी विन्दुकुमारी देवीले ४४७७ मत ल्याइन् भने तेस्रो भएकी एकीकृत समाजवादीकी हिबजा खातुनले ४३६३ मत पाइन् । एमालेकी ज्ञानकला देवी साहले २५३९ र मावादीकी सकिला खातुनले २४८५ मत ल्याइन् ।


    तेस्रो आँखा
    लेखकबाट थप