• ट्रेण्डिङ्ग :
पल शाहको मुद्दाको आज उच्च अदालतमा सुनुवाइ हुँदै

पल शाहको मुद्दाको आज उच्च अदालतमा सुनुवाइ हुँदै


  • 11.2K
    SHARES
    • जेठ १२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    पल शाहको मुद्दाको आज उच्च अदालतमा सुनुवाइ हुँदै

    काठमाडौं,१२ जेठ । नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।

    images

    गत साता पलकै वकिलहरुको आग्रहमा स्थगित भएको सुनुवाइ आज हुन लागेको हो । आज हुने सुनुवाइमा पललाई थुनामै राख्ने वा धरौटीमा रिहा गर्नेबारे निर्णय हुनसक्ने बताइएको छ ।

    नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप