• ट्रेण्डिङ्ग :
दोस्रो स्थानका लागि सिर्जना सिंह र केशव स्थापितकाे प्रतिस्पर्धा 

दोस्रो स्थानका लागि सिर्जना सिंह र केशव स्थापितकाे प्रतिस्पर्धा 


  • 5.7K
    SHARES
    • जेठ १२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    दोस्रो स्थानका लागि  सिर्जना सिंह र  केशव स्थापितकाे प्रतिस्पर्धा 

    काठमाडौं,१२ जेठ ।  काठमाडौं महानगरपालिकामा दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा देखिएको छ।
    केही वडाको मत गणना गर्न बाँकी छँदै मेयरमा बालेन्द्र  साह ९बालेनको जित पक्का भइसकेको छ । वडा नम्बर १४, १५ र १६ को गणना चलिरहँदा साहले ५८ हजार २६१ मत पाएका छन् ।

    images

    नेकपा एमालेका उम्मेदवार स्थापितले ३६ हजार ८५० मत पाएका छन् । सुरुदेखि दोस्रो स्थानमा रहेका स्थापीतलाई उछिनेर सिर्जना दोस्रो स्थानमा आएकी थिइन् ।तर उनी फेरि तेस्रो स्थानमा पुगेकी छन् ।

    उनले ३६ हजार ६०४ मत पाएकी छन् । राप्रपाका उम्मेदवार मदनकृष्ण श्रेष्ठले भने ५ हजार ८४५ मत पाएका छन् । 
    उपमेयरमा जित पक्का गरिसकेकी सुनिता ढंगोलले ६५ हजार ५३८ मत पाएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २२ हजार १६४ मत पाउँदा राप्रपाकी बिनिता मगैयाँले १२ हजार २७३ मत पाएकी छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप