काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वतन्त्र, र निष्पक्ष हुने नसकेको बताएका छन् ।
बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो बताएका हुन् । ‘स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाधली रहित हुन सकेन । भोट पाउनका लागि मान्छेलाई हत्या गरियो बन्दी बनाइयो ।’ ओलीले भने ‘निर्वाचनमा सत्तारुढ पाँच दलिय गठबन्धनले प्रमुख प्रतिपक्ष एमाले विरुद्ध संपूर्ण राज्य शक्ति प्रयोग गरेर निर्वाचन चरम धाधली गरे ।’ उनले प्रतिपक्षका कार्यकर्ताहरूलाई बन्देज बनाएर निर्वाचन गरेको आरोप लगाए ।
साथै उनले गठबन्धनले निर्वाचनमा धाधली गर्ने कार्यमा नयाँ किर्तिमानी काम गरेको उनले आरोप लगाए । उनले भने ‘पञ्चायतको समयमा पनि यस्तो धाधली हुँदैन थियो । तर सत्तारुढ गठबन्धनले धाधलीमा नयाँ किर्तिमान काम गर्यो।’ उनले निर्वाचन भएको १४ दिनमा पनि परिणाम आउन नसकेको भन्दै उनले सरकारको आलोचना गरे । उम्मेदवारका घरमा बम पड्काउने, घरहरु भत्काउने काम गरेर सबै ठाउँमा प्रतिपक्षमाथि प्रहार भएको उनको भनाइ छ ।
