काठमाडाैं,१२ जेठ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले बर्तमान गठबन्धन आगामी निर्वनचन सम्म जाने बताएका छन् । स्थानीय तह निर्वाचनको परिणामबाट उत्साहित भएको भएकाे भन्दै उनले भने, ‘स्थानीय चुनावमा गठबन्धनबाट सबै सन्तुष्ट नै भएकाले प्रदेश र संघको चुनावसम्म कायम हुन्छ ।’
स्थानीय चुनावको विषयमा गठबन्धनमा समीक्षा भइनसकेकाे उनले बताए । गठबनधकाे छुट्टै र पार्टीमा पनि छुट्टै समीक्षा गर्ने उनले बताए । ‘हामीलाई ठिकै लाग्यो नोक्सान भएको छैन्’, ‘सोचेको जस्तो दुनियाँ कहीँ हुँदैन। यद्यपि हामी निरास छैनौ उत्साहित नै छौ।’
आफूले जे जति नतिजा पाएको त्यसलाई उपलब्धि मानेर गठबन्धन कायम गर्नुपर्ने यादवले बताए। पाँच दलीय गठबन्धनलाई आगामी प्रदेश र संघको चुनावसम्म लगेर प्रतिगमनलाई परास्त गर्नुपर्ने उनले बताए। जसपा कुल ३० स्थानीय तह जितेर चौथो ठूलो दल हुन पुगेको छ। माधव नेपालकाे समाजवादी भन्दा १० सिट बढी ल्याएकाे छ ।
