सर्वाेच्चको समस्या समाधानका उपाय खोज्नेछु- सभामुख

सर्वाेच्चको समस्या समाधानका उपाय खोज्नेछु- सभामुख


  • 7.2K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    सर्वाेच्चको समस्या समाधानका उपाय खोज्नेछु- सभामुख

    काठमाडौं, १६ मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले सर्वाेच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभएकाे छ ।

    images

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन चरणबद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भन्नुभयाे, ‘ म जानुभन्दा (स्पेन) पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो । विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु ।’

    बारले प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।

    ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा अब सोच्छु,’ सभामुख सापकोटाले भन्नुभयाे- ‘सर्वदलीय बैठक, अरू बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्नेछु ।’

    उहाँ अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्कनुभएकाे हो ।

    न्युज कारखाना


    तेस्रो आँखा