काठमाडौं,१३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएकोऔपचारिक घोषणासँगै बालेन्द्र साह (बोलेन )को विजय उत्सव सुरु भएको छ ।
सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्याली भनेका छन् ।
र्याली नयाँ बसपार्क पुगेपछि बालाजु स्वयम्भु हुँदै सितापाइला कलंकी बल्खु कुलेश्वर कालीकामी टेकु त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्च सभामा परिणत हुनेछ । लौरो चुनाव चह्न लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मतका साथ विजयी भए ।
