• ट्रेण्डिङ्ग :
दुई स्वतन्त्र उम्मेदवारको मत शून्य 

दुई स्वतन्त्र उम्मेदवारको मत शून्य 


  • 6.7K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    दुई स्वतन्त्र उम्मेदवारको मत शून्य 

    काठमाडौं, १३ जेठ । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्रतर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन् ।

    images

    त्यस्तै शिवसताक्षी योगमणि अधिकारी स्वतन्त्रले चार मत, गौरादह राधिका धमला स्वतन्त्रले सात मत, बिर्तामोड अञ्चल धिमाल नेपाल लोकतान्त्रिक पार्टीले छ मत, कमलका नारायणप्रसाद रिजाल (मौलिक जरोकिलो पार्टीले) आठ मत, दमकका देउकुमार राई (किराँत खम्बूवान साझा पार्टी) ले नौ मत, दमकका कृष्ण राया (लोकतान्त्रिक समाजवादी पार्टी) नेपालले छ मत, दमकका नेत्रजङ्ग थापा स्वतन्त्रले छ मत, दमकका नीलकण्ठ सापकोटा स्वतन्त्र पाँच मत र दमककै कृष्ण खनाल स्वतन्त्रले तीन मत पाएका छन् ।

    त्यस्तै गौरीगञ्ज–२ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशबहादुर कार्की र शिवसताक्षी–७ बाट राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुएका दिलबहादुर लिम्बूले एक–एक मत पाएका छन् ।
    जिल्लामा ९६१ उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा विभिन्न पदमा गरी दुई हजार ७८६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।  तीमध्ये प्रमुख–अध्यक्षमा ८३, उपप्रमुख–उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ र महिला, दलित, खुला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए । 


    तेस्रो आँखा
    लेखकबाट थप