• ट्रेण्डिङ्ग :
चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु

चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु


  • 6.5K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु

    काठमाडौं,१३ जेठ । सन्धिखर्क ४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ ।
    गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

    images

    भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए । खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेको प्रनाउ थापाले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप