• ट्रेण्डिङ्ग :
ओलीको भाषणलाई उद्योगमन्त्रीले स्तरहीन भन्दा संसद अवरुद्ध

ओलीको भाषणलाई उद्योगमन्त्रीले स्तरहीन भन्दा संसद अवरुद्ध


  • 5.0K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    ओलीको भाषणलाई उद्योगमन्त्रीले स्तरहीन भन्दा संसद अवरुद्ध

    काठमाडौं,१३ जेठ । विपक्षी दलका नेताको अभिव्यक्तिलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।

    images

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेका थिए ।

    लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरे । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि उद्योगमन्त्री बडूले आफ्नो सम्बोधन जारी राखे । ‘आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र’ भनेपछि एमाले संसदहरु फेरि उठे । विपक्षी दलका नेतामाथि गरेको टिप्पणी रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको माग छ । एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप