काठमाडौं, १३ जेठ । एमालेले अवरुद्ध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक डेढ घन्टा वितिसक्दा पनि सुरु हुन सकेको छैन । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेका थिए ।
लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरे । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि उद्योगमन्त्री बडूले आफ्नो सम्बोधन जारी राखे । ‘आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र’ भनेपछि एमाले संसदहरु फेरि उठे । विपक्षी दलका नेतामाथि गरेको टिप्पणी रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको माग छ । एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो तर हाल सम्म सो बैठक बस्न सकेको छैन ।
सहमति गरि संसद चलाउनका लागि स्थगित गरिएको बैठक चल्न सकेको छैन । सभामुख, सत्ता पक्षका सांसद तथा एमालेका सांसदहरु बीच छलफल भइरहे पनि बडुको बोली रेकर्डबाट हटाउने मागमा सहमति हुन नसकेको बताइएको छ । आजको बैठकको नीति तथा कार्यक्रम माथिको छलफल र आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची थियो ।
