• ट्रेण्डिङ्ग :
पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैन: अध्यक्ष नेपाल

पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैन: अध्यक्ष नेपाल


  • 4.9K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैन: अध्यक्ष नेपाल

    काठमाडौं, १३ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेपालले जनताको आवाज मुखरित गर्ने स्थानलाई मर्यादित बनाउन आग्रह गरे ।

    images

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेकपाका संस्थापक महासचिव पुष्पलालले अगाडि सारेको वामपन्थी र लोकतान्त्रिक शक्तिबीचको सहकार्यका आधारमा मात्रै नेपालमा ठूलाठूला परिवर्तन भएको तथ्य पेश गर्दै अध्यक्ष नेपालले राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताए ।

    राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, जलविद्युत् उद्योगलगायतका विषयलाई प्राथमिकतामा राखिएमा प्रसन्नता व्यक्त गरे ।

    अध्यक्ष नेपालले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले जोड दिएकाले अब त्यसलाई कार्यान्वयनमा लैजानेतर्फ ध्यान दिन आग्रह गरे। पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक नभएको भन्दै उनले नेपाली युवालाई सीपयुक्त बनाउन दूरदृष्टि राख्नुपर्ने स्पष्ट पारे। नेपालमा कति वटा राजमार्ग आवश्यकपर्ने विषयमा पनि वस्तुवादी दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्नेमा उनले जोड दिए ।

     


    तेस्रो आँखा
    लेखकबाट थप