• ट्रेण्डिङ्ग :
पाँचौं चोटी प्रधानमन्त्री भएको व्यक्तिकाे नीतिमा गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने बाहेक केही छैन: लिङदेन

पाँचौं चोटी प्रधानमन्त्री भएको व्यक्तिकाे नीतिमा गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने बाहेक केही छैन: लिङदेन


  • 7.7K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    पाँचौं चोटी प्रधानमन्त्री भएको व्यक्तिकाे नीतिमा गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने बाहेक केही छैन: लिङदेन

    काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्रीले आफ्नो गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा पारेको भन्दै व्यंग्य गरेका छन् ।

    images

    शुक्रबार सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मन्त्रीहरुले पनि आफ्नो जिल्लामा ठूला–ठूला सडक बनाउने कार्यक्रम पारेको आरोप लगाए । ‘पाँचौं चोटी प्रधानमन्त्री भएको व्यक्तिले ल्याएको नीति तथा कार्यक्रममा आफ्नो गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने राख्नुभयो । मन्त्रीजीहरुको जिल्लामा ठूलो ठूलो बाटो बनाउने नीति तथा कार्यक्रममा छ । देशको नीति तथा कार्यक्रम यही हो ?,’ उनले भने ।

    लिङ्देनले किसानले मल बिउ समेत नपाएको भए पनि नीति तथा कार्यक्रममा त्यस्ता विषय नपरेको भन्दै सरकारको प्राथमिकता के हो भनेर समेत प्रश्न गरे । ‘चुनाव आउँदै छ सबैले आआफ्नो कुरा टिपाइहालौं भनेर नीति तथा कार्यक्रममै राख्नुभयो,’ उनले भने, ‘बजेटमा त ठिकै थियो । नीति तथा कार्यक्रममै आयो ।’ उनले तीन करोड पनि जनसंख्या नभएको देशका लाखौं युवा विदेशमा जानु विडम्बनापूर्ण भएको समेत टिप्पणी गरे ।


    तेस्रो आँखा
    लेखकबाट थप