• ट्रेण्डिङ्ग :
तेह्र वर्ष अघिको कर्तव्य ज्यान मुद्दाका आरोपी पक्राउ

तेह्र वर्ष अघिको कर्तव्य ज्यान मुद्दाका आरोपी पक्राउ


  • 6.5K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    तेह्र वर्ष अघिको कर्तव्य ज्यान मुद्दाका आरोपी पक्राउ

    काठमाडौं, १३ जेठ । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले आज भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ । 

    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटनाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ३८ वर्षका कैलास कार्कीलाई पक्राउ गरेको हो ।

    घटना विसं २०६६ मा भएको थियो । उनलाई आवश्यक कारवाहीकाल लागि आजै जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको व्यूरोले सूचना जारी गरी जनाएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप