• ट्रेण्डिङ्ग :
गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा


  • 10.2K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.7K Views

    गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत  खेमराज विष्ट र देवराज जोशीसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडाैं,१३ जेठ । सडक निर्माणसम्बन्धी ठेक्कापट्टामा अनियमितता गरी गुणस्तरहीन काम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय खेमराज विष्ट र देवराज जोशीसहित १८ जना विरुद्ध तीन वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ ।

    images

    अख्तियारले शुक्रबार विशेष अदालतमा तीनवटा छुट्टाछुट्टै आरोपपत्र दायर गर्दै विष्ट र जोशी तथा इन्जिनियरसहित १८ विरुद्ध कैद, बिगो र जरिवाना सजायको मागदाबी लिएको हो । तीनवटै प्रकरणमा प्रतिवादीहरुबाट ४ करोड १६ लाख २४ हजार २१ रुपैयाँ बिगो, बिगोबमोजिम जरिवाना, बिगो असुल र कैद सजाय मागदाबी लिइएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

    अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार गोदावरी नगरपालिका कैलालीका १३ वटा सडकमा गुणस्तरहीन काम गरी रकम भुक्तान गरेको आरोपमा एउटा अभियोगपत्रमा विष्ट र जोशी, तत्कालीन इन्जिनियर पूर्ण कुँवर, तत्कालीन सवइन्जिनियर ज्ञानेन्द्र बूढा, ल्याव टेक्निसियन धनबहादुर विष्ट र ठेकेदार कामी शेर्पालाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध १ करोड १६ लाख ४ हजार २ सय ८० रुपैया बिगो, त्यत्ति नै जरिवाना र खुलेको बिगो असुल गर्नुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

    यो कसुरमा विष्टबाट ७ लाख ६७ हजार ९ सय ८८, जोशीविरुद्ध २४ लाख ५१ हजार ५ सय २६ रुपैयाँ, तत्कालीन इन्जिनियर कुँवर र सवइन्जिनियर बूढाविरुद्ध समान ३२ लाख १९ हजार ५ सय १४, ल्याव टेक्निसियन धनबहादुर विष्टविरुद्ध २९ लाख २८ हजार १ सय ६८ रुपैयाँ बिगो, सबै आरोपितविरुद्ध कायम बिगोबराबर जरिवाना र बिगोसमेत असुल र कैद सजायको मागदाबी लिइएको अख्तियारले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप