• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो: अध्यक्ष लिङ्देन

स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो: अध्यक्ष लिङ्देन


  • 8.3K
    SHARES
    • जेठ १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो: अध्यक्ष लिङ्देन

    काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताएका छन् ।

    images

    मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिकरुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारे । अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती दलसँग तालमेल भएको धारणा राखे ।  

    राष्ट्रको आफ्नो परराष्ट्र नीति असंलग्नको सिद्धान्तका आधारमा हुनुपर्नेमा जोड दिँदै उनले मुलुकको वैदेशिक सम्बन्ध सन्तुलन हुनुपर्ने बताए । अध्यक्ष लिङ्देनले हरेक राजनीतिक दल पराष्ट्र सम्बन्धप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै अन्यथा मुलुक शक्ति राष्ट्रको प्रतिस्पर्धास्थल हुनसक्ने बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप