कांग्रेस १४ औं महाधिवेशन
कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगित (सूचीसहित)

कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगित (सूचीसहित)


  • 6.8K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगित (सूचीसहित)

    काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनको मुखैमा आइपुग्दा १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ ।

    images

    केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति जारी गर्दै विभिन्न कारणले रोकिएका सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, नवलपरासी, बाँके, अछाम, कैलाली र प्रदेश २ का ८ जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीमा अधिवेशन स्थगन गरेको जनाएको हो ।

    निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले १६ जिल्लालाई ताकेता गर्दा पनि अहिलेसम्म अधिवेशन सम्पन्न गर्न नसकेका कारण जिल्ला अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिनुभयो ।

    उहाँले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भइसकेकाले महाधिवेशन प्रभावित नहुने बताउनुभयो ।

    कांग्रेसले ६१ जिल्लामा नेतृत्व चयन गरेकाे जनाएको छ ।

    261586995_358402216056872_5457448339674962452_n.jpg 

  • सम्बन्धित विषय:

  • # महाधिवेशन

  • तेस्रो आँखा