काठमाडौं, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले पार्टीले स्थानीय तहको निर्वाचनमा सम्मानजनक स्थान हासिल गरेको बताएका छन् ।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी को ३३ औं स्थापना दिवसको अवसरमा पार्टी कार्यालय धुम्बराइमा आयोजित समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘स्थानीय तहको निर्वाचनमा हामीले सम्मानजनक स्थान हासिल गर्यौँ, उनले भने ‘अब हामीले आगामी प्रदेश तथा संघीय निर्वाचनमा राम्रो परिणाम ल्याउन सबै लाग्नुपर्छ ।’ उनले राप्रपा नै अब को एकमात्र विकल्प भएको दाबी गरे ।
