सप्तरीमा दुई समूहबीच कडा प्रतिस्पर्धा

सप्तरीमा दुई समूहबीच कडा प्रतिस्पर्धा


  • 5.9K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    सप्तरीमा दुई समूहबीच कडा प्रतिस्पर्धा

    सप्तरी, १६ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सप्तरी- १ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे समूहमामा रहेका उम्मेदवार विजयी हुनुभएकाे छ । 

    images

    महाधिवेशन प्रतिनिधि महिला चार र खुला १० गरी १४ सिटमा दुवै प्यानलबाट २८ जनाले उम्मेदवारी दिएका थिए । कूल सात सय १४ मतदातामध्ये ६ सय ९८ मत खसेको छ ।

    अहिलेसम्म  गणना भएकाे ६ सय मतकाे परिणाम अनुसार चार महिला पदमा बद्रीप्रसाद महत्मान टिमबाट तीन जना विजय भएका छन् भने एक जना गुप्ताको टिमबाट विजय भएका छन् । त्यस टिमबाट निरु पोखरेलले सर्वाधिक तीन सय ६३ मत, मीना चौधरीले तीन सय ४७ मत, रेणु गुप्ताले तीन सय २९ मत ल्याएर  विजय  हुनुभयाे । गुप्ताको टिमबाट मुनीकुमारी गुप्ता तीन सय ४३ मत ल्याएर विजयी हुनुभयाे । 

    महाधिवेशन प्रतिनिधिको १० खुला पदमध्ये महत्मान टिमबाट पाँच जना विजयी भएका छन्, जसमध्ये सुबोध पोखरेल तीन सय ५९, हेमनारायण चौधरी तीन सय ५९, रामदेव साह तीन सय ५०, उमेश बस्नेत तीन सय ४५, खगेन्द्र कर्ण तीन सय २६ मत ल्याएर विजयी भएका छन् ।

    यसैगरी, गुप्ता प्यानलबाट पाँच जना विजयी भएका छन् । गुप्ता प्यानलका तेजनारायण यादव तीन सय ७७, रामकुमार चौधरी तीन सय ५४ र शत्रुघन यादव तीन सय ३७ मत र घनान्द यादबकाे तीन सय २७ मत आएकाे छ । 

    समानुपातिक समावेशी महाधिवेशन प्रतिनिधितर्फ मधेशी महिला एक जना, मधेशी दुई जना, दलित महिला एक जना, दलित दुई जना, थारु एक जना, मुस्लिम एक जना, अपाङ्ग अल्पसंख्यक एक जना, आदिवासी जनजाति एक जनासहित ११ जनाको परिणाम आउन बाँकी छ ।

    पच्चीस सदस्यीय क्षेत्रीय कार्यसमितिका लागि महत्मान र गुप्ताको दुई प्यानलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । २५ सदस्य केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दुई प्यानलका ५० जनाले उम्मेवारी दर्ता गराएका थिए । क्षेत्रीय सभापतिको लागि बद्रीप्रसाद महत्मान र ललनप्रसाद गुप्ताले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । 

    महत्मानको टिमकाे सचिवमा हृदय नारायण चौधरी र ओमप्रकाश साह तथा सह-सचिवमा नन्देश्वर मण्डल र जोगेन्द्र यादव हुनुहुन्छ । यसैगरी, ललनप्रसाद गुप्ताको टिमबाट पदाधिकारीमा सचिवतर्फ दुर्गाप्रसाद भट्टराई र नारायणप्रसाद यादव (महरान), तथा सहसचिवमा महानन्द झा र जुगनारायण खिडहरीले उम्मेदवारी दर्ता गराउनुभएको थियो । 

    कांग्रेस सप्तरीका सभापति दिनेश यादवको प्यानलबाट क्षेत्रीय सभापतिको लागि ललनप्रसाद गुप्ता र कोइराला/पौडेल टिमबाट बद्रीप्रसाद महत्मानले उम्मेदवारी दिनुभएको छ ।

  • सम्बन्धित विषय:

  • # महाधिवेशन

  • तेस्रो आँखा