• ट्रेण्डिङ्ग :
काठमाडौं महानगरका मेयर र उपमेयरले शपथ लिदै

काठमाडौं महानगरका मेयर र उपमेयरले शपथ लिदै


  • 6.4K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    काठमाडौं महानगरका मेयर र उपमेयरले शपथ लिदै

    काठमाडौं,१६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

    images

    आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने जानकारी दिए ।

    त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुनेछ ।
    त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि बोर्ड बैठक बसेर मेयर साहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने सूचना अधिकारी आचार्यले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप