काठमाडाैं,१६ जेठ । सत्य सूचना आम नागरिककाको अधिकार हो । सूचना नागरिकका लागि गाँस बास र कपास जस्तै भैसकेको छ । सूचना विना मान्छे अन्धो हुन्छ । तर सत्य सूचना प्रवाह भएनभने त्यसबाट समाजमा गम्भीर समस्याहरु पनि आइपर्छन । अहिले नेपाली समाज पुरै सामाजिक सञ्जालको माध्यामबाट सूचना आदान प्रदान गर्ने तहमा पुगेका छन् ।
प्राय सबै नेपालीका हातहातमा इन्टरनेट सहतिको मोवाइल पुगिसकेको छ । हरेक क्षेत्रका साना देखि ठूल–ठुला सूचनाहरु त्यही सामाजिक सञ्जालको माध्यामबाट नागरिकले पाउँने गरेका छन् । आम नागरिकका लागि नेपालमा समाजिक सञ्जाल सबैभन्दा ठूलो सूचनाको श्रोत बन्न थालेको छ । तर नागरिकले सोही श्रोतलाई आधिकारिक मान्ने हो भने निकै ठूलो झमेलामा फस्न सक्छन् । पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी मिथ्या सूचनाहरु प्रबाह गर्ने र समाजमा अनावश्यक भ्रम फैलाउने गतिविधि निकै बढेको छ ।
कुनै घटना वा विषयबस्तुका सम्बन्धीत सूचनाहरु वास्तविक्ता थाहै नपाई हल्लाका भरमा एउटाले सामाजिक सञ्जालमा राख्ने वित्तिकै सबैले शेयर र पूनः पोष्ट गर्न हतारिने गरेको पाइएको छ । यसले घटना सँग सम्बन्धीत व्यक्ति र परविारलाई चोट पुग्ने कुराको कसैले हेक्का राखेका छैनन् । यस्ता मिथ्या सूचनाले पिडित परिवारमा थप पिडा पुग्ने र घटनालाई दुर्घटना सम्म पुर्याउने खतरा बढी हुन्छ । यस्ता सूचनाले शान्ति सुरक्षामा समेत असर गर्छ । आइतबार मात्रै पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरलाइन्सको विमान बेपत्ता भयो ।
उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा चौतर्फीरुपमा दुर्घटना बनाइयो । श्रद्दाञ्रजलीका शब्दहरू र पुराना दुर्घटनाका तस्वीरहरूले एकखालकाे आतंक नै फैलाइयाे । उक्त विमान राज्य शक्ति सबै लाग्दा अझै फेला पार्न सकेको छैन् । तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरु र केही अनलाइन पाेर्टलहरूले समेत पुराना दुर्घटनाका जहाजका टुक्रा जोडेर फलानो ठाउँ दुर्घटना,यति मान्छे मरे लगायतका मिथ्या सूचना प्रवाह गरेर समाजमा थप आतंक फैलाए । यसले उक्त विमानमा सवार यत्रुको परिवारलाई त चोट पुग्यो नै यो सँगै शान्ति सुरक्षा र उद्धारमा खटिने संयन्त्रलाई समेत अलमलमा पारिदियो ।
खोज र उद्धारका अधिकारीहरु निरन्तर लागिरहदा सामाजिक सञ्जालबाट आउने यस्ता मिथ्या सूचनाले घटनास्थलका बारेमा थप अलमल हुने र खोजी तथा उद्धारका लागि थप ढिला हुने,अनावश्यक दु:ख पाउँने गरेका छन् । घटना सम्बन्धीत परिवार,आफन्त र समाजमा पिडा र आक्रोश थपिने र पिडितलाई थप पिडा पुग्ने हुँदा आम सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्ता वियालाई ख्याल गर्दै मिथ्या सूचना प्रवाहमा बन्द गर्नु पर्दछ ।
जहाज दुर्घटना,गाडि दुर्घटना, आगलागि, बमबारुद लगायत समाजमा आतंक फैलाउने खालका सूचना प्रवाह गर्दा सत्यतामा आधारित नभई हतारमा मिथ्या सूचना सार्वजनिक गरेर व्यक्ति र समाजमा आतंक फैलाउनुलाई पनि सार्वजनिक अपराधको रुपमा लिएर कार्बाही हुने व्यवस्था छ ।
यस्ता सामाजिक सञ्जाल प्रयोगमा सरकारले समेत नियन्त्रण गर्ने र मिथ्या सूचना प्रवाहमा रोक लगाउनु पर्ने अनिवार्य भएको छ । मिथ्या सूचना सम्प्रेषणमा ख्याल गर्दै समाज आतंकीत हुनबाट रोक्न र पिडितलाई थप पिडा हुन नदिन जिम्मेवार निकायले त्यस्ता सामाजिक सञ्जाल प्रयोगकर्ता र अनलाईन मिडियाहरुलाई समेत आवश्यक कानुनी दायरामा ल्याउन जरुरी देखिन्छ ।
