• ट्रेण्डिङ्ग :
आईपीएल : कप्तान हार्दिकको अलराउन्डर प्रदर्शन, गुजरातलाई पहिलो सिजनमै उपाधि

आईपीएल : कप्तान हार्दिकको अलराउन्डर प्रदर्शन, गुजरातलाई पहिलो सिजनमै उपाधि


  • 8.2K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    आईपीएल : कप्तान हार्दिकको अलराउन्डर प्रदर्शन, गुजरातलाई पहिलो सिजनमै उपाधि

    काठमाडौं,१६ जेठ । कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को उपाधि जितेको छ। 

    images

    आइतबार राति सम्पन्न फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै पहिलो सिजनमै उपाधि जितेको हो । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८/१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    गुजरातका लागि हार्दिकले ३. बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए। शुभमन गिलले ४३ बलमा ३ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे। डेविड मिलर १९ बलमा ३ चौका र १ छक्का सहित ३२ रनमा अविजित रहे। राजस्थानका प्रसिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १–१ विकेट लिए ।

    त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २ ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो। राजस्थानका ओपनर जस बटलरले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाए।
    याशभी जैसवालले १६ बलमा १ चौका र २ छक्कासहित २२ रन जोडे। यता, रियान परागले १५ रन जोडे। कप्तान सन्जु सामसन १४ रनमा आउट भए । गुजरातका कप्तान हार्दिक पान्ड्याले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। रविश्रिनिवास साइ किशोरले २ विकेट लिए। मोहम्मद शामी, राशिद खान र यश दयालले १–१ विकेट लिए।


    तेस्रो आँखा
    लेखकबाट थप