• ट्रेण्डिङ्ग :
बजेटमाथि पार्टीको धारणा बनाउन एमाले संसदीय दलको बैठक बस्दै

बजेटमाथि पार्टीको धारणा बनाउन एमाले संसदीय दलको बैठक बस्दै


  • 6.4K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    बजेटमाथि पार्टीको धारणा बनाउन एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं, १६ जेठ । आर्थिक वर्ष २०७९/८० को बजेटबारे छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । सोमबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    images

    अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए । उक्त बजेटमाथि पार्टीको धारणा बनाउन बैठक बस्न लागेको भट्टराईले बताए । एमालेका नेताहरुले प्रारम्भिक प्रतिक्रियामा आगामी आम निर्वाचन प्रभावित पार्ने गरी स्रोतको ख्यालै नगरी बजेट ल्याएको भन्दै आलोचना गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप