काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने बताएका छन् ।
सोमबार बसेको पहिलो बैठकमा साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ ।’
उनले महानगरमा भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव पनि कार्यपालिकामा राखेका छन् । उनले रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि अघि सारेका छन् । यसका लागि केही चेन रेष्टुरेन्टहरुसँग कुराकानी समेत भएको मेयर साहले सुनाए ।
