प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना घटनाप्रति दुःख व्यक्त


  • 5.5K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना घटनाप्रति दुःख व्यक्त

    काठमाडौं, १६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भई विमानमा सवार सबैको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    images

    प्रधानमन्त्री देउवाले आज ट्विटरमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउने विमान चालक दलका सदस्यहरु र यात्रुहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

    यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान मुस्ताङको थसाङ गाउँपालिका–२ सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जनाको निधन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप