तारा एयर दुर्घटनामा परेका सबैको शव फेला

तारा एयर दुर्घटनामा परेका सबैको शव फेला


  • 6.7K
    SHARES
    • जेठ १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    तारा एयर दुर्घटनामा परेका सबैको शव फेला

    काठमाडौं, १७ जेठ । ‘दुर्घटनास्थलमा सबै शव फेला परेको छ। सोमबार १० शव काठमाडौं लगियो। अब थप १२ शव आज काठमाडौं पठाउने तयारी छ,’जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले  भने ।

    images

    दुर्घटनास्थलमा रहेका दुइटा शव कोवाङ झार्ने तयारी छ। मौसम खराब भएकोले केही ढिलाइ भएको उनले बताए । दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए । आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए । आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो ।

    सोमबार काठमाडौं ल्याएका १० शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको थियो । शवहरू पोष्टमर्टम गरेपछि परिवारजन तथा आफन्तको जिम्मा लगाउने तयारी छ ।

  • सम्बन्धित विषय:

  • # पाेखरा

  • तेस्रो आँखा
    लेखकबाट थप